०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङको तुलसीपुर घोराही सडक खण्ड मर्मत कार्य सुरु

Logo
प्रकाशित बिहिबार, आश्विन ११, २०८०

(ABC-Sanchar)
दाङ । असार १८ गते सडक मर्मतको लागि ठकेदार कम्पनी संग संझौता भएको थियो । असोज मसान्तसम्म साबिक दुई लेनमा सडक मर्मत तथा कालोपत्रेको काम सक्ने संझौता छ ।

त्यही अनुरुप पहिलो चरणमा तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको काम सुरु भएको हो ।

तुलसीपुरको हात्तीखौवादेखि सेवार खोलासम्मको १३ किलोमिटर सडक मर्मतको कामको जिम्मा रोल्पा स्वच्छन्द निर्माण सेवाले एक करोड १६ लाखमा लिएको छ ।

सडक डिभिजनले २४ किलोमिटर सडक मर्मत गर्न दुई खण्डमा बिभाजन गरेको छ । सेवार खोलादेखि पूर्व कुइरेपानीसम्मको ११ किलोमिटर सडक मर्मतको जिम्मा रोल्पा निर्माण सेवाले एक करोड ४२ लाखमा काम सकारेको छ । उस्ले पनि काम सुरु गरि सकेको छ । कुल दुई करो ५८ लाखमा सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख गुरुप्रशाद अधिकारीले जानकारी दिए ।

यअसघि २०७५ पुस १३ गते तुलसीपुरको हात्तीखौवा चोकदेखि घोराही बबईको पुलसम्मको करिब २८ किलोमिटर सडक विस्तार गर्ने गरि भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालि मुम्बईले कामको जिम्मा लिएको थियो। भारतीय एक्जिम बैंकको एक करोड २१ लाख ८२ हजार तीन सय अमेरिकी डलरमा सडक निर्माणको जिम्मा लिएको थियो ।

तर, त्यो भारतीय कम्पनी आँफै काम गर्न भनेर कहिलै नेपाल आएन । उस्ले पेटी ठेकेदारका रुपमा अगाडि सारेका आठ जना ठेकेदार कसैले काम गर्न सकेनन् । चार लेन सडक बनाउने नाममा सडक भत्काउन आठ करोड खर्च भइ सकेको थियो । आज त्यही सडक पाँच बर्ष पहिले जस्तै दुई लेनको रुपमा मर्मत गर्न थालिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!