०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

डेंगु सङ्क्रमितको संख्या ३० हजार

Logo
प्रकाशित बिहिबार, आश्विन ११, २०८०


(ABC-Sanchar)
काठमाडौं । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को तथ्याङ्कअनुसार ३० हजार ८९८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

आठ महिनाको अवधिमा सङ्क्रमितमध्ये १५ जनाको मृत्यु भएको छ भने सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सबैभन्दा धेरै सङ्क्रमित सुनसरी जिल्लामा पुष्टि भएका छन् । सुनसरीमा १५ हजार ९९९ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।

धादिङ जिल्लामा ३ हजार ३६ सङ्क्रमित भएका छन् भने झापामा २ दुई हजार ७६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै, मोरङमा २ हजार २६६ तनहुँमा ५७९ कास्कीमा ९०७, सङखुवासभा ४४७, धनकुटामा ४३२ र कैलालीमा ३९४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैबिच सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २२ हजार ५४० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । त्यसपछि बाग्मती प्रदेशमा ४ हजार ४६० जना सङ्क्रमित छन् भने गण्डकी प्रदेशमा १ हजार ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा ८९८, मधेस प्रदेशमा ५६७, लुम्बिनी प्रदेशमा ५०६ र कर्णाली प्रदेशमा ८७ जनामा सङ्क्रमण पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!