०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

१ लाख ५० हजार घूससहित रंगे हात पक्राउ परे मालपोतका नासु र खरिदार

Logo
प्रकाशित आइतबार, आश्विन १४, २०८०

(ABC-Sanchar)

सुनसरी । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी घूस रकमसहित रंगे हात पक्राउ परेका छन्।

उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार १ लाख ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो।

घूसबापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित सुनसरीको इनरुवा नगरपालिका वडा नं ३ मालपोत चोकबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ। नासु र खरिदारले सेवाग्राहीसँग घूस मागेको उजुरीपछि अख्तियार सक्रिय भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ : नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सबिन प्रियासनले हरेक क्षेत्रलाई सफल नेतृत्व गर्ने जनशक्ति शिक्षाले उत्पादन गर्नुपर्ने बताउनुभएको छ। घोराही १७ गुलरियास्थित मदन भण्डारी मेमोरियल स्कुलले आयोजना गरेको कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ३३ औँ मदन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै […]

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

error: Content is protected !!