०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङमा बालुवा गिट्टी र ढुँगाको उत्खनन ठेक्का नलगाइने पालिकाले निर्णय गर्ने

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०


(ABC-Sanchar)
दाङ । यो बर्षदेखि नदी तथा खोलाहरुको बालुवा, गिट्टी वा ढुँगा उत्खनन्का लागि ठेक्का नलगाइने भएको छ ।

त्यो काम स्थानीय सरकार आँफैले गर्ने निर्णय भएको छ ।

स्थानीय पालिका आँफैले आफ्नो पालिका भित्रका नदी तथा खोलाहरुबाट खोला तथा नदी जन्य पदार्थ उत्खनन् गर्ने भएका छन् ।

उत्खनन् पछि थुपार्ने (घाट गद्दी गर्ने) गरि ती सामाग्री स्थानीय पालिका आँफैले क्रसर उद्योग तथा सडक निर्माणको काम गर्ने ठेकेदारलाई मोलतोल गरि बेच्ने भएका छन् ।

यसअघि सम्म स्थानीय पालिकाले आफ्नो क्षेत्रमा पर्ने खोला तथा नदीहरुमा त्यस्ता सामाग्री उत्खनन् गर्नका लागि टेन्डर आह्वान गर्दै आएका थिए ।

नदी र खोला जन्य पदार्थको व्यवस्थापनका सम्वन्धमा जिल्ला समन्वय समिति दाङको आयोजनामा आइतवार जिल्लाका दशवटै स्थानीय तहका प्रमुख,जिल्ला सुरक्षा निकायका प्रमुखलगायतको सहभागीतामा भएको समन्वयात्मक बैठकले यस्तो निर्णय गरेको हो ।

खोला तथा नदी जन्य पदार्थको निकासीलाई व्यवस्थित गर्न र स्थानीय तहहरुका बीचमा एक रुपता कायम गर्न आँफै स्थानीय तहहरुले उत्खन्न र घाट गद्दी गर्ने निर्णय गरेका हुन ।

स्थानीय तह बाहेक अन्यले नदी तथा खोलाबाट नदी तथा खोला जन्य पदार्थको उत्खन्न गर्न अबदेखि पाउने छैनन् । कतिपयले भने यस्तो निर्णय कार्यान्वयनमा आउनेमा आशंका ब्यक्त गरेका छन् ।

‘हामी संग जेसिबी, टिप्पर जस्ता साधन छैनन्,’ एक जना गाउँपालिका अध्यक्षले भने ‘ बाहिर पब्लिकबाट त्यस्ता साधन भाडामा लिँदा र इन्धन भर्दा चलखेल हुँदैन भनेर आशंका हुन्छ कि हुँदैन ।’

स्थानीय तह आँफलै उत्खनन् गरि घाट गद्दी गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बताए ।

बैठकले स्थानीय सरकारले स्थानीय तहहरुमा सञ्चालित क्रसर उद्योगहरुको नियमन, नदी तथा खोला जन्य पदार्थको दुरुपयोग सम्वन्धी सुरक्षाको आवश्यकता परेमा जिल्ला सुरक्षा समिति समक्ष पत्राचार गर्ने तथा अनुगमनका लागि अनुगमन समितिलाई अनुरोध गर्ने निर्णयपनि गरेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा बसेको समन्वयात्मक बैठकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्का, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, जिल्ला प्रहरी कार्यालय दाङ प्रमुख एसपी रामबहादुर केसी, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरी, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत लगाएतको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । जिल्लाको नवराजपुर गाउँपालिका–५, देवनगरस्थित सीमा क्षेत्रबाट *जेठ २ गते राति* सशस्त्र प्रहरी बल, नं. ७ गण सिरहाले करिब *१९ लाख ४७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामान र ट्रकसहित २ जनालाई* नियन्त्रणमा लिएको छ। *घटना विवरण:* गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको सामान बोकेको […]

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

error: Content is protected !!