०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

लाइसेन्सको ट्रायल पास भएपछि हुने अन्तर्वार्ता हटाउने तयारी : यातायात

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०


(ABC-Sanchar)
काठमाडौँ । हेभी गाडीको चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास भएपछि हुने अन्तर्वार्ता हटाउने तयारी अघि बढाएको छ । ट्रायल पास गरेपछि दुःख दिने नियतले अन्तर्वार्ताको व्यवस्था गरिएको भन्दै आलोचना बढेपछि अन्तर्वार्ताको प्रावधान हटाउन लागिएको हो ।

हेभी गाडीको लाइसेन्स लिन सुरुमा लिखित परीक्षा दिनुपर्छ । त्यसपछि लाइट, मिनी र हेभी गाडीको लागि ट्रायल हुन्छ । हाल हेभी गाडीतर्फ लिखित र ट्रायल पास गरेपछि अन्तर्वार्ता पनि हुने व्यवस्था छ ।


ट्रायल पास भएपछि पनि यातायात कार्यालयहरूले आर्थिक चलखेल गर्ने गरेको पाइएपछि यातायात व्यवस्था विभागले उक्त अन्तर्वार्ता हटाउने तयारी अघि बढाएको हो । विभागले अन्तर प्रदेशमा सार्वजनिक गाडी लैजाँदा काट्नुपर्ने पटके पनि सहज बनाउने भएको छ ।

यस विषयमा यातायात मन्त्रीसँग छलफल भएर फाइल पनि पठाइसकेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

error: Content is protected !!