०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सल्यानमा बाघकाे आक्रमणबाट ४ जना घाईते बाघ नियन्त्रणको लागि निकुञ्जको टोली जादै

Logo
प्रकाशित सोमबार, आश्विन १५, २०८०

(ABC-Sanchar)

सल्यान । घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका -३ दोलि बस्ने बस्ने बर्ष ४० को राज केसी, साेहि ठाउका वर्ष ४० टेक बहादुर थापा,
वर्ष १६ को छबिलाल केसी र वर्ष २७ को भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेहरु सबैलाई बाघले हात खुट्टामा आक्रमण गरेकाे र अवस्था सामान्य रहेकाे छ भने घाइते सबैकाे जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गाेपाल श्रेष्ठले बताए।

आज बिहान करिब ९ बजेतिर छत्रेश्वरी गाउँपालिका -३ दोलिका पुर्णराज बिकले संचालन गरेको कुखुरा फार्मको हेर्न पुगेका घाइते राजले हेर्दा भित्र ३ वटा कुखुराको चल्ला मरेको देखी उक्त खोरको ढोका खोलेर हेर्ने क्रममा खोरभित्र लुकी बसेको बाघले राजमाथि आक्रमण गरी घाईते बनाएको थियाे।

त्यसपछि करिब १०:४५ बजेतिर उक्त बाघ गाँउमा पसी बाटोमा हिडिरहेका टेक बहादुरलाई पनि आक्रमण गरी करिब १२:०० बजेतिर त्यहि बाघले बाटोमा हिडिरहेका भिमसेन र छविलाललाई पनि आक्रमण गरेकाे प्रहरी निरीक्षक श्रेष्ठले बताए।

अहिले बाघ साेहि ठाउँको धान खेतमा रहेको बाघ ब्यबस्थापनको लागी ईलाका वन कार्यालय लुहाम सल्यानको टोली पुगिसकेकाे र बाँके राष्ट्रिय निकुञ्जको टोली पनि आउदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

error: Content is protected !!