०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सशस्त्र प्रहरीले स्रोत नखुलेको १२ लाख नगदसहित ३ जना भारतीय नागरिकहरु पक्राउ

Logo
प्रकाशित मंगलबार, आश्विन १६, २०८०


ABC (क्राईमबिट)
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डामा अवस्थित सशष्त्र प्रहरी बल नेपालले प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाको चेकजाँच टोलीले राती ९ बजे चेकजाँच गर्ने क्रममा १२ लाख भारतीय रुपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

नेपालतर्फ आउदै गरेको अवस्थामा गाडीमा सवार सुनौली ग्राम पंचायत वडा नं. २० सुनौली का ३८ वर्षिय राजु कौशल, जिल्ला गोरखपुर, हमायुपुर दक्षिण गोरखपुर का ४० वर्षिय अभिनव जैसवाल र सोही स्थान बस्ने ३४ वर्षिय आस्तिक त्रिपाठीको साथ स्रोत नखुलेको भारतीय नगद बरामद भएको सशस्त्र प्रहरी बल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए ।

भारतीय युवाहरुसहित भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० नम्बरको होटल लाकौलको भ्यान र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको नान्स होटलको भ्यानमा सवार उनीहरूको साथमा रहेको ५ सय दरका भारतीय रुपैयाँ बरामद गरिएको थियो । बरामद रुपैयाको स्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बलले रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* विशेष टोलीले दुई जना शंकास्पद व्यक्तिलाई पछ्याउँदा उनीहरूले झोलामा बोकेको गाँजा गाउँभित्रै फालेर फरार भएका थिए। स्थानीय बसिर अन्सारीको घर पछाडिको झाडीमा कालो झोला देखेपछि स्थानीयले तत्काल सीमा प्रहरी चौकीमा खबर गरेका थिए। खबर पाएलगत्तै चौकी इन्चार्ज *विष्णु गिरी*को टोली घटनास्थल पुगेर खानतलासी गर्दा झोलाभित्र *४ पोका गाँजा* फेला परेको प्रहरी […]

*१. कानुनी रूपमा यो अपराध हो* ४ वर्षको बच्चालाई १,२,३ लेख्न नजानेको निहुँमा कुटपिट गर्नु _बालबालिका सम्बन्धी ऐन २०७५_ र _मुलुकी अपराध संहिता २०७४_ अनुसार सजाय हुने कसुर हो। – बालबालिकामाथि शारीरिक तथा मानसिक यातना दिने शिक्षक/संस्थालाई १ वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुन सक्छ। – बारम्बार दोहोरिएको छ भने यो “निरन्तर हिंसा” को […]

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

error: Content is protected !!