२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भन्सार छली ओभरलोड’ पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करलाई कार्वाही

Logo
प्रकाशित बिहिबार, आश्विन १८, २०८०

(ABC-Sanchar)
बारा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोले कारबाही गरेको छ ।
निगम प्रमुख उपाध्यायले भारतमा पेट्रोलको मूल्य सस्तो भएकाले नेपालमा महँगो मूल्यमा बेच्ने उद्देश्यले भन्सार छलेर ल्याएको हुनसक्ने बताए । नेपालको तुलनामा भारतमा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ ७५ पैसा सस्तो छ ।

‘यो एकदमै गैरकानुनी काम हो, निगमले २० हजार लिटरमात्र ढुवानी गर्ने अनुमति दिएको हुन्छ, तर त्यो अनुमति दिदाँदिँदै पनि यदाकदा चालकहरुले यस्तो गैरकानुनी काम गरेको घटना सार्वजनिक भएका छन्,’ उपाध्यायले भने, ‘हामीले सबै व्यहोरा जानकारी गराएर केन्द्रीय कार्यालयलाई पत्राचार ग¥यौँ, केन्द्रीय कार्यालयले सो ट्याङ्करलाई ३ महिनाको लागि ढुवानी गर्न नपाउने गरी निलम्बन गरेको छ ।’

सरकारले भन्सार, सडक मर्मत शुल्क, वातावरण प्रदुषण, पूर्वाधार विकास कर गरेर पेट्रोलमा प्रतिलिटर अधिकतम् ६३ रुपैयाँ कर लिने गर्दछ ।

जसअनुसार ढुवानीकर्ताले गैरकानुनी ढंगले ल्याएको १ हजार ७९७ लिटर पेट्रोलमा १ लाख १३ हजार २११ रुपैयाँ भन्सार छली गरेको देखिएको छ ।

पछिल्लो घटनापछि भन्सारको सूचनाका आधारमा निगमले ट्याङ्करहरुको चेकजाँचमा कडाई गर्न थालेको छ । ‘हामीले चालक, ढुवानीकर्ताहरुलाई बोलाएर भन्सार छलीजस्तो गैरकानुनी कार्य गर्ने हो भने तपाईहरुलाई नेपाल सरकारले गर्ने कारबाही बाहेक निगमले पनि हदैसम्मको कारबाही गर्छ भनेर सचेत गराएका छौँ,’ अमलेखगञ्ज डिपो प्रमुख उपाध्यायले भने ।

यसअघि पनि निगमको भैरहवा कार्यालयमा सोही प्रकृतिको घटना भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]