०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दुर्घटना रोक्न दाङमा ट्राफिक प्रहरीले चलायो एक हप्ता ट्राफिक सप्ताह सुरु

Logo
प्रकाशित बिहिबार, आश्विन १८, २०८०


ABC (क्राईमबिट)
दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा ट्राफिक सप्ताह सुरु गरेको छ । बुधबार एक समारोहकाबीच ट्राफिक सप्ताह अभियानको उट्घाटन गरिएको हो ।

बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले ट्राफिक सप्ताह सुरु गरेको हो ।

ट्राफिक सप्ताह अन्तर्गत जिल्लामा सातदिनसम्म ट्राफिक नियम तथा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरु गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले बताए ।

अभियानको सातदिनमा स्कूल र कलेजहरुमा ट्राफिक नियम सम्बन्धी सचेतना, दुर्घटना न्यूनीकरणसम्बधी सरोकारवालाहरुसँग अन्तरक्रिया, ट्राफिक नियम सम्बन्धी होर्डिगं बोर्ड, सरसफाइ लगायतका कार्यक्रमहरुलाई विषेश अभियानका रुपमा सञ्चालन गरिनेछ ।

त्यस्तै ट्राफिक सचेतना सम्बन्धी प्रचार पम्प्लेट वितरण, चालक परिचालक प्रशिक्षण, साना तथा ठुला सवारीमा स्टिकर टाँस गर्ने र ग्रामीण भेगमा समेत सचेतनाका कार्यक्रम गरिने ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।

उनले विभिन्न संघ सस्थासङ्ग समन्वय गरेर बजारका सडकहरुमा जेब्रा क्रसिङसमेत निर्माण गरिने बताए ।

नजिकदै गरेको चाडबाडमा हुन सक्ने दुर्घटनालाई लक्षित गरेर ट्राफिक सप्ताह सञ्चालन गरिएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!