१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

संघीय सरकारसँग समन्वय गरेर क्षेत्र अनुसारको मौसम पूर्वानुमान लागि काम गर्ने मुख्यमन्त्री आचार्यको घोषणा :

Logo
बिदुर एमसी प्रकाशित शनिबार, जेठ ०२, २०८३

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् ।

मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम पूर्वानुमानलाई अझ विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकता अनुसार संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।

मौसम सम्बन्धी सूचनालाई समयमै नागरिकसम्म पुर्‍याउन एउटा छुट्टै उच्च स्तरीय संयन्त्र निर्माण गर्न आवश्यक रहेको सन्दर्भ उल्लेख गरेका छन् । दैनिकजसो मौसम सूचना विशेषगरी किसानसम्म पुर्‍याउन विशेष जोड दिनुपर्ने बताउँदै आचार्यले स्थानीय सञ्चार माध्यम, सामाजिक सञ्जाल र समुदायस्तरका संरचनालाई परिचालन गरिने ठोकुवा पनि गरेका छन् ।

मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको चर्चा गर्दै जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको उल्लेख गरेका छन् ।

पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको उनलेे दाबी समेत गरेका छन् । यसका लागि संघ सरकारसित आवश्यक समन्वय गरिएको जानकारी गराए ।

लुम्बिनी प्रदेशमा हाल नेपालगञ्ज र भैरहवास्थित मौसम पूर्वानुमान कार्यालय मार्फत सूचना प्रवाह भइरहेको उल्लेख गरेका छन् । ती कार्यालयले उपलब्ध गराउने पूर्वानुमान सम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्‍याउन प्रदेश सरकारले समन्वय गर्ने विश्वास दिलाएका छन् ।

मौसम सम्बन्धी पूर्वतयारीका काममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, १२ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिएका छन् । नागरिकसम्म सूचना पुर्‍याउन सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यमको प्रयोग प्रभावकारी बन्दै गएको मुख्यमन्त्री आचार्यले चर्चा गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना भरपर्दो र व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । सूचना प्रवाहको जिम्मेवारीमा स्थानीय तहले पनि सक्रिय रूपमा भूमिका निभाउनुपर्ने जिकिर गरे । स्थानीय समुदायको परिचालन, स्वयंसेवक तयारी तथा विपद् कार्ययोजना मार्फत पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको पनि सबैलाई स्पष्ट पारेका छन् ।

स्थान विशेष मौसम पूर्वानुमान र मौसम पूर्वानुमान संयन्त्रको विकास नै अहिलेको आवश्यकता रहेको तथ्यमा मुख्यमन्त्री आचार्यले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]