२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

संघीय सरकारसँग समन्वय गरेर क्षेत्र अनुसारको मौसम पूर्वानुमान लागि काम गर्ने मुख्यमन्त्री आचार्यको घोषणा :

Logo
बिदुर एमसी प्रकाशित शनिबार, जेठ ०२, २०८३

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् ।

मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम पूर्वानुमानलाई अझ विश्वासयोग्य बनाउँदै स्थान विशेष पूर्वानुमानलाई प्राथमिकता अनुसार संघीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।

मौसम सम्बन्धी सूचनालाई समयमै नागरिकसम्म पुर्‍याउन एउटा छुट्टै उच्च स्तरीय संयन्त्र निर्माण गर्न आवश्यक रहेको सन्दर्भ उल्लेख गरेका छन् । दैनिकजसो मौसम सूचना विशेषगरी किसानसम्म पुर्‍याउन विशेष जोड दिनुपर्ने बताउँदै आचार्यले स्थानीय सञ्चार माध्यम, सामाजिक सञ्जाल र समुदायस्तरका संरचनालाई परिचालन गरिने ठोकुवा पनि गरेका छन् ।

मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको चर्चा गर्दै जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गएको उल्लेख गरेका छन् ।

पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको उनलेे दाबी समेत गरेका छन् । यसका लागि संघ सरकारसित आवश्यक समन्वय गरिएको जानकारी गराए ।

लुम्बिनी प्रदेशमा हाल नेपालगञ्ज र भैरहवास्थित मौसम पूर्वानुमान कार्यालय मार्फत सूचना प्रवाह भइरहेको उल्लेख गरेका छन् । ती कार्यालयले उपलब्ध गराउने पूर्वानुमान सम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्‍याउन प्रदेश सरकारले समन्वय गर्ने विश्वास दिलाएका छन् ।

मौसम सम्बन्धी पूर्वतयारीका काममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, १२ वटै जिल्ला प्रशासन कार्यालय, प्रहरी तथा स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिएका छन् । नागरिकसम्म सूचना पुर्‍याउन सामाजिक सञ्जाल र स्थानीय सञ्चार माध्यमको प्रयोग प्रभावकारी बन्दै गएको मुख्यमन्त्री आचार्यले चर्चा गरेका छन् ।

त्यसैगरी मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना भरपर्दो र व्यवहारिक बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । सूचना प्रवाहको जिम्मेवारीमा स्थानीय तहले पनि सक्रिय रूपमा भूमिका निभाउनुपर्ने जिकिर गरे । स्थानीय समुदायको परिचालन, स्वयंसेवक तयारी तथा विपद् कार्ययोजना मार्फत पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको पनि सबैलाई स्पष्ट पारेका छन् ।

स्थान विशेष मौसम पूर्वानुमान र मौसम पूर्वानुमान संयन्त्रको विकास नै अहिलेको आवश्यकता रहेको तथ्यमा मुख्यमन्त्री आचार्यले जोड दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]