
(तेज वली)
दाङ । तुल्सीपुर असोज १७ गतेदेखि साताव्यापी रुपमा सञ्चालन भइरहेको ट्राफिक सप्ताह कार्यक्रम शुक्रबार तुल्सीपुरमा सम्पन्न गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ र अस्थायी ट्राफिक प्रहरी पोस्ट कार्यालय तुलसीपुरको सयुक्त आयोजनामा तुलसीपुरको बसपार्कमा ट्राफिक सप्ताह २०८० कार्यक्रम सम्पन्न गरिएको हो ।
ट्राफिक नियमको पालना गरौं, आफु बचौं र अरुलाई पनि बचाऔं, ‘सातै दिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ यही असोज १७ गतेबाट सुरु भएको ट्राफिक सप्ताह कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सवारी चालक तथा यात्रुहरुलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।
चाडपर्वको समय नजिकै गर्दा मादक पदार्थ सेवन गरेर सवारी चलाउदा दुर्घटनाको जोखिम बढ्ने भन्दै चालकलाई सचेत गराउनुभएको थियो । सम्पुर्ण यात्रुको जिवन चालककै हातमा हुने भएकाले पनि सचेत भएर सवारीसाधन चलाउनु पर्ने भन्दै उहाले क्षमता भन्दा बढि यात्रु नबोक्न, तिव्र गतिमा सवारी नचलाउन र ट्राफिक नियमको समेत पालना गर्न सम्पूर्णमा आग्रह गर्नु भएको छ ।
ट्राफिक प्रमुख मल्लले दाङबाट काठमाडौंका लागी छुटेका लामो दुरीका बस चालकहरुलाई फुलमाला लगाएर बिदाई समेत गर्नुभएको थियो ।

सो अवसरमा तुसलीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, स्वतन्त्र मजदुर संगठनका प्रतिनिधि लगाएतले आ–आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख महेन्द्र चन्द लगायत ट्राफिक प्रहरीहरुको उपस्थिती रहेको थियो ।