०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

नेपालगन्जमा प्रेसकार्ड दुरुपयोग हुल हुज्जत गर्न खोज्ने १ जना पक्राउ

Logo
प्रकाशित शनिबार, आश्विन २०, २०८०

 

ABC (क्राईमबिट)

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार शुक्रबार दिउँसो नेपालगन्जको विपी चोक क्षेत्रमा हुल हुज्जत गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनको साथमा रहेको पत्रकार परिचय पत्र बरामद गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ जोहलनपुर्वाका ३२ वर्षीय रियाज खान रहेका छन् । पेशाले उनी सुनचाँदी ब्यवसायी हुन् । नेपालगन्ज-८ जोहलनपुर्वामा उनको सुनचाँदी पसल छ ।

प्रहरीका अनुसार खानले खबर नेपालगन्ज नामक अनलाईनको पत्रकार परिचय पत्र बोकेका थिए । परिचय पत्र बोकेर हुल-हुज्जत गर्नमा नेतृत्व गरेका थिए । ब्यवसाय मात्रै गर्ने उनले अनलाईनको नाममा परिचय पत्र बनाएर त्यसको दुरुपयोग गरेको बुझिएको छ । खान पत्रकारितामा संलग्न नै नरहेको नेपालगन्जका पत्रकारहरु बताउँछन् ।

दुई समुदायबीच तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार कर्फ्यु लगाएको थियो । कर्फ्युको समयमा पनि करिव १२/१३ जनाले पत्रकारको परिचय पत्र दुरुपयोग गरेर सवारी साधन चलाएको कुरा अनुगमनका क्रममा फेला पारिएको पत्रकार महासंघ बाँकेका कार्यालय प्रमुख मेराज सल्मानीले बताए ।

‘पत्रकार परिचय पत्र दुरुपयोग गरेर त्यो दिन क कस्ले सवारी साधन चलायो, म सँग एक-एक प्रमाण छ सल्मानीले भने । जनजीवन सामान्य बन्दै गएपछि स्थानीय प्रशासनले कर्फ्यु खुकुलो पार्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!