०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

चेतन मानन्धरकी श्रीमती भारतीले जेलमै पुगेर ५० लाख रिगलसंग मागेको खुलासा

Logo
प्रकाशित शनिबार, आश्विन २०, २०८०

 

(ABC-Sanchar)

बाँके । कैद मिनाह भएर जेलबाट रिहा भएका नेपालगञ्जका योगराज ढकाल रिगलले सनसनीपूर्ण खुलासा गरेका छन् । रिगलले आफू दाङ कारागारमा रहेको बेला नेपालगञ्जमा हत्या भएका चेतन मानन्धरकी श्रीमती भारती शेर्पा आफूलाई कारागारमा भेट्न् आएको खुलासा गरेका हुन् ।

एक मिडियासँग कुरा गर्दै रिगलले भारती आफूलाई कारागारमै भेट्न आएर दाई तपाइँले मेरो पतिको हत्या गर्नुभएको रहेनछ भनेर आफूलाई भनेको खुलासा गरेका हुन् ।

आफूसँगको भेटमा चेतनको इच्छा आफ्नो छोरालाई इन्जिनियर बनाउने भएको हुँदा तपाइँले उनको धोको पूरा गरिदिनुहोला भनेपछि म अहिले जे-जस्तो अवस्था भएर कारागार आएको भएपनि सक्दो सहयोग गरौंला भनेर जवाफ दिएको रिगलले बताएका छन् । रिगलले भनेका छन्, “मैले पहिला बच्चालाई कक्षा १० सम्म पढाउँदै गर, त्यसपछि म कैद भुक्तान गरेर फर्केपछि उच्च शिक्षाका लागि सहयोग गरौंला भनेको थिएँ, उनी कुराकानी भएपछि राम्रो मनले कारागारबाट निस्केकी हुन् ।”

केही दिनपछि फेरि भारतीले सासु-ससुराले आफ्नो बच्चा खोसेर राखिदिएको भन्दै आफूसंग सहयोग मागेर फोन गरेको पनि रिगलले बताएका छन् । “त्यसपछि मैले त्यो तिम्रो घर-परिवारको कुरा हो, तिम्रो बच्चालाई किन खोसियो भनेर तिम्रो सासू-ससुरालाई भन्नू भन्दा तिमीहरु नै मिलेर बस्नुपर्छ भनेर मैले सम्झाएको हुँ,” रिगलले अन्तर्वार्ताको क्रममा भनेका छन् ।

रिगलले अगाडि भनेका छन्, “त्यसको करिब एक हप्तापछि भारतीले एक्कासी मलाई फोन गर्दै दाई अब मेरो बच्चा म आफैं पाल्छु, उसलाई म आफैं पढाउछु भन्दै मसँग ५० लाख रुपैयाँको मागेकी थिइन् ।” भारतीले ५० लाख रुपैयाँ मागेपछि आफू निर्दोष हुँदाहुँदै कारागार बसिरहेको अवस्थामा सहयोग गर्न नसक्ने जबाफ दिएको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्,

“कारागारमा रहँदा आफूसँग पैसा नभएको बरु बहिनी तिम्रो छोरा मेरै आफन्तको स्कूलमै पढाइदिन्छु भनें, आफन्तको स्कुलमा पढाउन सहयोग समेत गरेको हुँ ।” अप्ठ्यारो पर्दा ५/१० हजार रुपैयाँ घरमा भनेर सहयोग गरौंला तर यत्रो ५०/५० लाख रुपैयाँ आफूले दिन सक्दैन भनेपछि भारती आफूबाट टाढिएको रिगलले भनेका छन् ।

“त्यसपछि त्यो बहिनी कसैको मोटिभेटबाट या के गर्यो कसो गर्यो थाहा भएन वा अन्त बिहे गर्यो थाहा भएन, तर म जेलमुक्त भएपछि एक्कासी त्यो बहिनीलाई कसैले उचालेर म विरुद्ध बोल्न लगाइएको छ”, रिगलले भनेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!