०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बर्दिया राष्ट्रिय निकुञ्जमा पोथी गैंडा मृत अवस्थामा फेला हराएको बच्चाको खोजी जारी

Logo
प्रकाशित आइतबार, आश्विन २१, २०८०

(ABC-Sanchar)
बर्दिया । राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा गैंडाको बच्चा (केटो) हराएपछि खोजी सुरु गरिएको छ । शनिबारदेखि हात्तीसहित सुरक्षाकर्मीले संगठित रूपमा खोजी सुरु गरेका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जबाट गत बिहीबार बाहिर बच्चासँगै निस्केको पोथी गैंडा मृत अवस्थामा फेला परेको सहायक संरक्षण अधिकृत बद्रिविनोद दाहालले जानकारी दिए ।

पोथी गैंडाको केटा सँगसँगै गए पनि उसको अवस्था अज्ञात रहेको उनले बताए । निकुञ्जले गैंडाको केटा खोज्न शुक्रबार बिहानदेखि नै थाले पनि भेटिएको छैन । शनिबारदेखि चार वटा हात्ती, नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालित भएका छन् । पोथी गैंडा निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकाको बाजपुर सामुदायिक वनमा बिहीबार बेलुकी मृत अवस्थामा फेला परेको थियो ।

‘पोथी गैंडा प्राकृतिक कारणले मारिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ सहायक संरक्षण अधिकृत दाहालले भने, ‘खागलगायत अंग सुरक्षित छ । यस क्षेत्रमा निकुञ्ज कर्मचारी र नेपाली सेनाले केटालाई खोज्ने काम गरिरहेका छन् ।’

माउ गैंडा मृत भेटिएको ठाउँ निकुञ्जसँग जोडिएको कर्णालीको भंगालो गेरुवा नदी पारि पर्छ । माउ गैंडा करिब १९/२० वर्ष उमेरको थियो । निकुञ्ज मुख्यालयबाट पर र अप्ठ्यारो ठाउँ भएकाले राति चिकित्सक टोली त्यहाँ पुग्न सकेको थिएन ।

बर्दिया निकुञ्जबाट चिकित्सकसहित सुरक्षा टोली घटनास्थलमा शनिबार बिहान पुगेर गैंडाको पोष्टमार्टम गरेका थिए । घटनास्थल हेर्दा माउको मृत्यु भएपछि केटा निकैबेर त्यहीँ रहेको संकेत देखिएको छ । निकुञ्ज प्रशासनका अनुसार माउ अचानक ढलेपछि बच्चा सँगै रहेको फोटो ट्रयापिङ क्यामरामा परेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!