०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दशैंको लागि असोज २९ गतेदेखि नयाँ नोट साट्न सर्वसाधारणले पाइने

Logo
प्रकाशित आइतबार, आश्विन २१, २०८०


(ABC-Sanchar)
काठमाडौ । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ नोट सटही सुविधा दशैं घटस्थापनाको भोलीपल्ट देखि सुरु भर्ने भएको छ । यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गर्न पाउनेछन् ।

सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका एक-एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही हुने लक्ष्य स्वरूप तयारी भइरहेको छ ।

घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २९ गतेबाट आम सर्वसाधारणलाई नयाँ नोट सटही सुरु गर्ने बैंकको तयारी छ। केन्द्रीय बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो नोट चलनचल्तीमा ल्याएकोबारे सर्वसाधारणका लागि जानकारी दिइसकेको को हो। केन्द्रीय बैंकले २० रुपैयाँ दरको नोट साबिक कै आकार तथा रङमा प्रचलनमा ल्याएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!