०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

इजरायलमा ४९ जना नेपाली विद्यार्थी अपहरणमा छुटाउन वर्ता हुँदै

Logo
प्रकाशित आइतबार, आश्विन २१, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको टीकापुरस्थित कृषि क्याम्पसका विद्यार्थी ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउने तयारी हुँदा कृषि संकायका तत्कालीन डिन लालप्रसाद अम्गाईं निकै खुसी थिए।

‘अस्ति विद्यार्थी पठाउँदा आफू पनि उत्साही थिएँ,’ उनले भने, ‘अहिले यस्तो खबर सुन्दा म आफैं सम्हालिन सकिरहेको छैन, मेरै विद्यार्थी यस्तो घटनामा परे।’ अम्गाईंको पदावधि सकिएर उनी अहिले विश्वविद्यालय अनुदान आयोगको निर्देशक भएका छन् ।

‘साढे ४ बजे इजरायली राजदूतले हाम्रो ग्रुपमा विद्यार्थीमाथि आक्रमण भएको म्यासेज गरेपछि थाहा पाएका हौं,’ कृषि संकायका विभागीय प्रमुख सुशील न्यौपानेले भने, ‘त्यसपछि हामीले विद्यार्थीको अवस्था बुझ्न थाल्यौं, परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली दूतावासबाट पनि जानकारी लियौं।’

‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत गएका दाङका विपिन सुवेदीका बुबा बुद्धिप्रसादले बिहान सात बजेतिर छोराले आक्रमण भएको जानकारी गराएको बताए। ‘त्यसपछि सम्पर्क नहुँदा ऊ निकै चिन्ता लाग्यो। दिउसो चार बजेपछि मात्रै सम्पर्कमा आएपछि केही राहत भयो,’ उनले भने ।टिम लिडरका रूपमा गएका विपिनले घाइतेहरूको अवस्था कस्तो छ भन्नेसम्म पनि जानकारी पाउन नसकेको बताए।

‘आक्रमणमा परी घाइते भएका र अपहरणमा परेका सबै सुदूरपश्चिम विश्वविद्यालयकै विद्यार्थी हुन्,’ उनले भने। उनका अनुसार शनिबार बिहानैदेखि कृषि फार्म आसपास बम पड्किरहेको थियो । साढे ९ बजे एक्कासि विद्यार्थीहरूले ‘हामी घाइते भयौं, उद्धार गर्नुपर्‍यो’ भनेर खबर पठाएका थिए। दुई बजेसम्म पनि उद्धार गर्न नसकेको विपिनले बताए।

‘अहिले पनि घाइते भएका र अपहरणमा परेकाहरूको अवस्था कस्तो छ, जानकारी छैन,’ उनले भने । विभागीय प्रमुख न्यौपानेले अहिले पनि विद्यार्थीलाई बंकरमै राखिएको भन्ने जानकारी आएको बताए। सुदूरपश्चिम विश्वविद्यालयले भदौ अन्तिम साता कृषि संकायको आठौं सेमेस्टरका ४९ विद्यार्थीलाई दुई चरणमा इजरायल पठाएको थियो । नेपालस्थित इजरायली दूतावासको सहजीकरणमा सेडट नेगेभ कलेजसँगको सम्झौताअनुसार विद्यार्थी इजरायल गएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!