०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सशस्त्र प्रहरी बलले एसपी र डिएसपी पदमा विशेष बढुवाका लागि निवेदन माग

Logo
प्रकाशित सोमबार, आश्विन २२, २०८०

ABC (क्राईमबिट)

काठमाडौं । सशस्त्र प्रहरी बलले जिम्मेवारी बहन गर्ने क्रममा शारिरीक रुपमा अंगभंग भई अशक्त भएका सशस्त्र प्रहरी कर्मचारीहरुको बृत्ति बिकासलाई मध्यनजर गरी एक पटकको लागि मात्र एक तह पदोन्नती हुने व्यवस्था अनुसार निवेदन माग गरेको हो ।

बलको स्वीकृत संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रतिवेदन, २०५० मा रहेको व्यवस्था अनुसार एक पटकको लागि मात्र एक तह पदोन्नती दिई जुनसुकै कारणले उक्त पद रिक्त भए पश्चात स्वतः तल्लो पदमा कायम हुने गरी साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी उपरीक्षक पदको दरबन्दी सिर्जना भएको जनाएको छ ।

यसका लागि नियमावलीको नियम अनुसार मूल्याङ्कन फाराम भरी सूचना प्रकाशन भएको मितिले दुई दिन भित्र सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, बढुवा समितिको सचिवालयमा पेश गर्न अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!