०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दाङमा दुर्घटना न्यूनीकरण र ओभरलोड नियन्त्रणका लागी संयुक्त अनुगमन

Logo
प्रकाशित मंगलबार, आश्विन २३, २०८०

ABC (क्राईमबिट)
दाङ । लमही अनुगमनको क्रममा नेपालका विभिन्न भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमता भन्दा दोब्बर लोड बोकेर सडकमा निर्बाध रुपमा दौडिरहेको पाइएको छ । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको हो ।

त्यसैको सिको गर्दै नेपाली नम्बर प्लेटका फाट्टफुट्ट ट्रक पनि ओभरलोड बोकेर जोखिम पुर्ण यात्रा गरिरहेको पाइएको छ । ओभोर लोड बोकेको सवारी साधनलाई करबाहीको दायरामा ल्याउन निगरानी गरिरहेको जिल्ला प्रशासन कार्यलय दाङका प्रमुख रामबन्धु सुवेदीले बताउनु भयो । “ट्राफिक नियमको उल्लंघन गर्दै ओभरलोड तथा भवरलोड गरी ओसारपसार गरेका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाहीका लागि हामीले आज छडके चेकजाँच गरेका छौं, तेस्ता सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन निगरानी गरिरहेका छौं ” – सुबेदीले भन्नु भयो ।

त्यस्तै अनुगमनका क्रममा ओभरलोड बोकेका मालबाहक सवारी साधन भेटिएमा ट्राफिकले यातायात ब्यबस्था कार्यालयमा पठाएको खण्डमा नियमानुसार कारबाही गरिने यातायात ब्यबस्था कार्यालय तुलसीपुरका कार्यालय प्रमुख रमेश गौतमले बताउनु भयो ।

भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्व समेत छल्ने गरेको पाइएको छ । जिल्ला ट्राफिक कार्यलय दाङका प्रमुख किरण प्रकाश मल्लले ट्राफिक नियमको उलंघन गर्न कसैलाई छुट नभएको बताउनु भयो ।

राप्ती अंचल संयुक्त ट्रक व्यवसायि समिती,यातायात ब्यबस्था कार्यालय तुलसीपुर,जिल्ला ट्राफिक कार्यालय घोराही दाङ जिल्ला प्रशासन कार्यालय दाङ सहितको संयुक्त टोलिले पूर्व पश्चीम राजमार्गमा ओभरलोड र रातो नंबर प्लेटका सवारीसाधारणहरु भाड़ाको रुपमा प्रयोग गरीएको छ या छैन भनी आईतबार संयुक्त रुपमा अनुगमन गरेको थियो । अनुगमनको क्रममा राप्ती अन्चल संयुक्त ट्रक व्यावसायि समितिका अध्यक्ष रत्न प्रसाद श्रेष्ठले ओभरलोडका कारण भारतीय नम्बर प्लेटका मालबाहक सवारी साधनले आफ्नो भारवान क्षेमता भन्दा बढी बोकिदिदा नेपाली ट्रक व्यावसायि टाट पल्टने अबस्थामा पुगेको बताए ।

ओभरलोड भएर आएका भारतीय मालवाहक सवारी साधनलाई भने यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरुको भनाइ छ । ओभरलोडका कारण राजस्व छलि मात्र नभई सडक समेत भार थेग्न नसकी कालोपत्रे उप्कने र खाल्डाखुल्डि हुने र दुर्घटनाको उच्च जोखिम हुने गरेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!