
(ABC-Sanchar)
काठमाडौं । सूचना तथा प्रसारण विभागले लाइसेन्स नलिई वाकीटकीको खरिद बिक्री र प्रयोग नगर्न निर्देशन दिएको छ ।
विभागले आज एक सूचना जारी गर्दै लाइसेन्स नलिई वाकीटकी लगायतका रेडियो उपकरणहरू आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गर्न र त्यस्ता उपकरणहरूको वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन समेत नगर्न नगराउन भनेको हो ।

लाइसेन्स लिएर आयात, बिक्री वितरण तथा प्रयोग गर्नुपर्ने वाकीटकी लगायतका रेडियो यन्त्रहरू विभिन्न वेबसाइट तथा सामाजिक सञ्जाल लगायतका माध्यमहरू मार्फत विज्ञापन गर्दै कारोबार भइरहेका छन् ।
विना लाइसेन्स खरिद बिक्री तथा प्रयोग गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि विभागले दिएको छ ।