०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

सिरहाका सशस्त्र प्रहरी एसपी प्रमोद भारती सशस्त्र मुख्यालय काठमाडौं तानिए

Logo
प्रकाशित बुधबार, आश्विन २४, २०८०

ABC (क्राईमबिट)
सिरहा । भन्सारछली चोरी तस्करी गर्नेहरुलाई संरक्षण दिएको पुष्टि भएपछि उनलाई सशस्त्र मुख्यालयमा तानिएको छ ।

राजस्व अनुसन्धान विभागले पटक पटक भन्सारछलीका करोडौं मूल्यका कपडा बरामद गरेपछि उनलाई मुख्यालयले तानेको हो ।

७ नम्बर गण सिरहाको नयाँ एसपीका रुपमा शिव गरैलार्ई खटाइएको छ । एसपी भारतीलाई सशस्त्रको मधेश प्रदेश कार्यालयमा छानबिनका लागि तानिएपछि उनले पुनः फर्किन धेरै प्रयास गरेका थिए । माडरका सशस्त्रका डीएसपी रामहरि खड्का पनि बाहिनीमा छानबिनका लागि तानिएका थिए । रामहरि खड्का सशस्त्रका पूर्वएआईजी नारायणबाबु थापाका पीए बसेकाले उनीमार्फत् आइजीपी राजु अर्याललाई भनसुन गराएर फर्किने योजना तुहिएको छ ।

थापाको अर्यालसँग राम्रो सम्बन्ध भएकाले डीएसपी खड्कासँगसँगै आफू पनि पुनः गणपतिमै फर्किने दाउमा थिए । तर तस्करीका सामान राजस्वले बरामद गरेको र सशस्त्रको प्रतिष्ठामै आँच आउने भएपछि भारतीलाई तानिएको छ ।

यसैबीच, सिरहाका एसपी भारतीले संगठनको नीति बिपरीत तस्करहरुसँग मिलेमतो गरेको पुष्टि भएपछि सशस्त्र प्रहरी बलको मुख्यालयले इन्स्पेक्टर हरिसिंह बिष्टको कमान्डमा मधेस प्रदेशका ८ वटै जिल्लामा तस्करी नियन्त्रणका लागि टोली खटाएको छ । सशस्त्रले मधेशका ८ वटै गणमा रहेका डिएसपीको कमान्डमा गुल्मलाई बिशेष अलर्ट रहन निर्देशन दिएको छ । तराईमा कार्यरत तस्करीमा मिलेमतो भएका र लामो समय काम गरेका प्रहरीदेखि माथिल्लो दर्जाका कर्मचारीलाई सरुवा गर्ने योजना सशस्त्र प्रहरीले बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!