
(सागर थापा)
दाङ । गढवा गाउँपालिका वडा नं. ८ नेपाल भारत सिमानाका कोईलाबास स्थित नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्र.अ.म.नि. एआईजी श्यामलाल ज्ञवालीद्धारा दाङको कोइलाबास सिमानाका स्थित सिमा सुरक्षा सम्बन्धी अन्तर्क्रिया गर्नुभएको छ ।

यस्तै भारतीय SSB का थाना प्रमुख भारतीय पुलिस थानाका प्रमुख सिमानाका कोईलाबासका कार्यालय प्रमुखहरु र स्थानीय सर्वसाधारणहरु संग अन्तर देशिय सिमा सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनुभएको छ ।