०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बारा प्रहरीले चाडपर्वलाई मध्यनजर गर्दै साइकल बजार गाउँ टोलमा गस्ती सुरु

Logo
प्रकाशित आइतबार, कार्तिक ०५, २०८०

 

ABC (क्राईमबिट)

बारा । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन् ।

चाडबाडको बेला शान्ति सुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्ति सुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताए ।

साइकल हस्तान्तरितता नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागूपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

शान्ति सुरक्षा बहाल गर्ने सन्दर्भमा प्रहरी दिनरात खटिरहेको र साइकलले प्रहरीलाई गस्ती गर्न थप सहयोग पुग्ने उनले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!