०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

बाँकेमा दुर्गा मुर्ती विसर्जनमा प्रशासनद्वारा समय निर्धारण ड्रोन क्यामराबाट प्रहरीले निगरानी गर्ने

Logo
प्रकाशित सोमबार, कार्तिक ०६, २०८०

 

ABC (क्राईमबिट)

बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले बडादसैंको भोलिपल्ट गरिने दुर्गा मुर्ती विसर्जनका लागि समयसिमा निर्धाण गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललले जिल्लामा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले मुर्ती विसर्जनको समयसिमा निर्धारण गरिएको जानकारी दिनुहुँदै सोही बमोजिम गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँले दुर्गा भवानीको मुर्ती विसर्जन र्‍याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन अनुरोध गर्दै साँझ ५ बजे अघि नै मुर्ती विसर्जन कार्य सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो ।

प्रजिअ पोखरेलले विसर्जन र्‍यालीमा घुसपैठ वा अवान्छित गतिविधि निस्तेज पार्न र र्‍यालीलाई शान्त र सौहार्दवपूर्ण वातावरणमा सम्पन्न गर्न ड्रोन र अन्य उपकरणबाट समेत निगरानी हुने तथा ताजा तस्बिर क्याप्चर गरि अवलोकन गरिने बताउनुभयो ।

उहाँले कानुन विपरितका गतिविधिमा संलग्न जो कोहीलाई ड्रोन, अन्य उपकरणबाट लिइएको तस्बिर-भिडियोको आधारमा समेत प्रचलित कानुन बमोजिम कडा कारवाही गरिने हुँदा र्‍यालीमा सहभागी सवै भक्तजनहरुले निश्चिन्त भइ मर्यादित ढंगबाट मुर्ती विसर्जन अनुष्ठान सम्पन्न गर्न अनुरोध गरिएको बताउनुभयो ।

सो बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै मुर्ती विसर्जन अघि दुर्गा भवानीको पूजा स्थलमा दिनको १२ बजे अघि नै पूजन कार्य समापन गर्न आग्रह गरेको छ । सूचनामा विधिपूर्वक पूजाअर्चना सकेपश्चात स्थानीय प्रहरी ईकाईसँग समन्वय गरी विसर्जनस्थल तर्फ प्रस्थान गर्ने व्यवस्था गर्न भनिएको छ ।

समयसिमाले ट्राफिक व्यवस्थापन तथा प्रभावकारी शान्ति सुरक्षा कायम गर्न र भक्तजनहरुलाई समेत उज्यालोमा नै घाटसम्म पुग्न र घर फर्कन सहज हुने सूचनामा जनाइएको छ । साँझ ५ बजे अघि नै मुर्ती विसर्जन हुने वातावरण निर्माण गरिदिन सबै दुर्गापूजा समिति तथा भक्तजनहरुलाई आग्रह गरिएको छ । प्रशासनले साविकदेखि नै प्रयोगमा आइरहेको ¥याली मार्गमा भने कुनै परिवर्तन नगरिएको सूचनामा जानकारी गराएको छ । सेराज खान बाँके

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!