०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

दशैमा हुन सक्ने सवारी दुर्घटनालाई रोक्न दाङ ट्राफिक प्रहरीको चेकजाँचलाई तिव्रता

Logo
प्रकाशित सोमबार, कार्तिक ०६, २०८०

 

(सागर थापा)

दाङ । जिल्ला बाहिरिने, भित्रिने र विभिन्न स्थानीय रुढमा सञ्चालन हुने मोटरसाइकल, स्कुटी, जिप, कार, बस, ट्रक, ट्रेक्टरलाई रोकेर चेकजाँच गर्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । तिव्र गति र मादक पदार्थ सेवनका कारण सम्भावित सवारी दुर्घटना हुन सक्ने भएकाले मापसे नगर्न, तिव्र गतिमा नचलाउन र क्षमता भन्दा बढी सामान सवारी साधनमा नराख्न भन्दै चालकलाई सम्झाउने गरेको जिल्ला ट्राफिक प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

तीब्र गति र ओभरटेकलाई ट्राफिक प्रहरीले सबैभन्दा बढी दुर्घटनाको कारण मानेको छ । हिन्दु नेपालीहरूको महान पर्व बडादसैं र तिहारको समयमा सपरिवार बसेर रमाइलो मनाउने बेला सामान्य हेलचेक्र्याइँ अप्रिय घटना हुँदा त्यसले जोसुकै मानवलाई पनि पीडाबोध बनाउने भन्दै दुर्घटना न्यूनिकरणका लागि सचेतना अभियान चलाएको प्रमुख मल्लले जानकारी दिनुभयो । एक सातादेखि दाङका प्रमुख शहर तुलसीपुर, नारायणपुर, घोराही, लमही, भालुबाङ, अमिलिया, गढवा लगायतका स्थानमा राडर गन सहित ट्राफिक सचेतना अभियान सञ्चालन गरिएको छ ।

सडकको छेउमा वा घरको छतमा राखेर सवारी कुन गतिमा गुडेको छ भनेर राडर गनले परैबाट पत्ता लगाउने गर्छ । ट्राफिक प्रहरीले सोमबार तुलसीपुर बजारमा पैदलयात्रुका लागि बाटो वारपार गर्न जेब्राक्रसिङ निर्माण, अटो व्यवस्थापनका लागि चालकसँग छलफल गरेको छ भने गोठीखोला र सात तलेमा पुगेर सवारी चेकजाँच गरेको जिल्ला ट्राफिक दाङले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!