(ABC-Sanchar)
काठमाडौं । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो । अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन ।
बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ । दशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन ।
त्यति हुँदाहुँदै पनि साइत नै चाहिनेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ ।
त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ ।