२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बुधबार बाँकेमा दिनभर मदिराजन्य पदार्थ किनबेच र उपभोगमा प्रशासनद्वारा पुर्ण रोक

Logo
प्रकाशित मंगलबार, कार्तिक ०७, २०८०

 

(ABC-Sanchar)

बाँके । बुधबार स्थानीय घाट, तलाउमा देवीको मूर्ति बिसर्जन गरिने हुँदा धार्मिक सद्भाव नखल्बलियोस् भनेर जिल्ला प्रशासन कार्यालयले उक्त दिन मदिरा किनबेच र उपभोगमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भनेको छ, ‘यही मिति २०८० कार्तिक ८ गते बुधवारका दिन यस जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड-नदी घाटहरूमा विसर्जन -याली सञ्चालन गरिने परम्परा रहेको सबैमा विदितै छ । दिनभर भक्तजनहरूले श्रद्धापूर्वक दुर्गा मूर्ति विसर्जन ¥याली सञ्चालन गर्ने भएकोले मूर्ति विसर्जन -यालीलाई सभ्य, शान्त, अनुशासित एवं मर्यादित रूपमा सम्पन्न हुने वातावरण निर्माणमा सहयोग पु¥याउन उक्त एक दिन यस जिल्लाभरि बिहान ८.०० देखि राति १२.०० सम्म मदिराजन्य पद्धार्थको ओसारपोसार, बिक्रीवितरण तथा उपभोगलाई निषेध गरिएको छ ।’

जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाइ ध्यानमा राखी सूचना जारी गरिएको जिप्रकाको भनाइ छ ।

सूचनाको बर्खिलाप कुनै कार्य वा गतिविधि भएको पाइएमा प्रचलित कानून वमोजिम कारबाही हुने जिप्रकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]