२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

चितवनको एक गाउँपालिकाले घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण

Logo
प्रकाशित बुधबार, कार्तिक ०८, २०८०

(ABC-Sanchar)

चितवन । इच्छाकामना गाउँपालिका-४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीसहितको जनप्रतिनिधि र कर्मचारीको टोलीले आफ्नो वडाका सम्पूर्ण लाभग्राहीको घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।

दसैँको समयमा सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले घरघरमै पुगेर सेवा प्रदान गरेको वडाध्यक्ष उप्रेतीले बताए ।

वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०-८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरिएको उनले जानकारी दिए ।

भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुने भएका कारण वडा कार्यालयले सहजीकरण गर्दै वडाको माथिल्लो क्षेत्र स्याक्लाङ, पातिघारी, बाझगाउँ, कमलाबारी, कुरनभित्ता, बेलडाँडा, सोतागाउँलगायत स्थानका घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष उप्रेतीको भनाइ थियो ।

पछिल्लो समय सरकारको निर्देशानुसार स्थानीय तहले अनिवार्यरुपमा सामाजिक सुरक्षा भत्ता लाभग्राहीको अनिवार्य बैंकमा खाता खोली बैंकबाट वितरण गर्नुपर्ने हुँदा सेवाग्राहीलाई असहज पैदा भएकाले कतिपय स्थानीय सरकार र वडा कार्यालयले बैंकसँग सहकार्य गर्दै बैंकको कर्मचारी सहित गाउँघरमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन् ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफूसहित वडा सदस्यलाई समेत परिचालन गरिएको वडाध्यक्ष उप्रेतीले बताए । “दसैँका लागि मात्रै हामीले भत्ता घरमा पुर्‍याउन लागेका होइनौँ”, उनले भने, “मैले सुरुदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउँदै आएको छु ।

हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।” वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]