(ABC-Sanchar)
काठमाडौं । टाढा टाढा रहेका र टीकाको दिन जान नभ्याएकाहरु पूर्णिमासम्म टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकामा जाने गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । आफन्तकोमा दसैंको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमासम्म नै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।