०३ जेठ २०८३, आइतबार
17-05-2026 , Sun
×

तोके भन्दा बढी भाडा असुल्दै सवारी साधनहरु कार्वाही गर्दै ट्राफिक प्रहरी

Logo
प्रकाशित बिहिबार, कार्तिक ०९, २०८०

 

ABC (क्राईमबिट)
धनकुटा । यात्रुबाट भाडा बढी लिएको गुनासो आएपछि चेकजाँचमा कडाइ गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटा हिले चाडवाडमा सवारी साधनले यात्रुवाट तोकिएभन्दा बढी भाडा असुल्ने गरेको पाइएको छ । विभिन्न स्थानमा तोकिएभन्दा डबल बढीसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।

धरानबाट धनकुटाको हिलेसम्म तोकिएको भाडा ४५० भए पनि प्रतिव्यक्ति ८ सय रुपियाँसम्म भाडा लिने गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक यज्ञराज शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, धनकुटाको धनकुटा–हिले–सिँधुवा–पाख्रिबास लगायतको स्थानबाट समेत तराई झर्ने क्रममा बढी भाडा असुल्ने गरेको पाइएको उहाँको भनाइ छ । “भाडा बढी लिएको गुनासो त पहिले देखिकै हो, तर चाडवाडमा पहिलेभन्दा दोब्बर बढीसम्म भाडा लिने गरेका रहेछन्, नियन्त्रण गर्ने अभियानमा हामी छौं” शर्माले भन्नुभयो । धनकुटाका विभिन्न गाउँ जाने सवारी साधनले बढी भाडा लिएको गुनासो आउनेगरेको छ ।

त्यसो त गाडीहरुले अहिले चलानी पनि नदिने र टिकटसमेत नदिने गरेको यात्रुको गुनासो छ । टिकट पनि नदिने चलानी पनि नदिने गरेकाले सवारी साधनलाई कार्बाही गर्न समस्या हुनेगरेको शर्माको भनाइ छ । त्यस्तै यात्रुले समेत सवारी साधनमा हुँदा सवारी चालकको डरले गुनासो नगर्ने तर गन्तब्यमा पुगेपछि मात्र गुनासो राख्नेगरेको उहाँले बताउनुभयो ।

गाडी नपाइने, रिजर्भ गर्नुपर्छ, भरे यही पनि गाडी पाइँदैन कि, तपाई नगए अरु जान्छन् जस्ता समस्या देखाएर गाडीवालाले बढी भाडा असुल्ने गरेकाे यात्रुको भनाइ छ । दसैंले गर्दा भाडा बढेको भनेर सधैँ चारसयमा रुपियाँ ओहोरदोहोर गरिरहेको धरान हिले सडकखण्डमा आठसय रुपियाँ लिएर मात्र गाडी चढ्न दिएको यात्रु कोपिला खड्काको भनाइ छ ।

पहाडबाट तराइतर्फ जाने सवारी साधनभन्दा पनि सुनसरीको धरानबाट कोशी पहाडका जिल्लातर्फ जाने सवारीसाधनले बढी भाडा असुलिरहेको उहाँको भनाइ छ ।

ठूला सवारी साधनभन्दा पनि साना सवारी साधनले बढी भाडा लिनेगरेको पाइएको छ । भाडा बढी लिएको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ ।

चाडवाडमा बढी भाडा लिएको गुनासो आएपछि कार्यालयले चेकजाँचलाई तीव्र पारेको सो कार्यालयको भनाइ छ । धनकुटाको हिले, धनकुटा, भेडेटार मूलघाट लगायतको स्थानमा चेकजाँच गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्ययल धनकुटाले जनाएको छ ।

बढी भाडा लिने सवारी साधनलाई एक हजारदेखि पाँच हजारसम्म जरिवाना गराउने प्रावधानअनुरुप कारवाही गरिरहेको जनाइएको छ । अहिलेसम्म एक सयभन्दा बढी सवारी साधनलाई कारवाही गरिएको कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!