ABC (क्राईमबिट)
दाङ । घोराही चोरी अभियोगमा पक्राउ परेर फरार रहेका कैदीलाई प्रहरीले समातेको छ । घोराही १८ स्थित रझेना बिद्यालय आसपास नजिकैबाट लुकिछुपी बसेको अबस्थामा फरार रहेका घोराहीका बिबेक नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसिले बताए ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मेडिकल चेकजाचका लागि प्रहरीले ल्याएको बेला नेपालि कैदी फरार भएका थिए । प्रतिष्ठानमा उपचार गर्न आएका कैदी सौच गर्न शौचालय जाने भएपछि प्रहरीले हत्कडि खोलेपछि उनि फरार भएका हुन । मोबाइल चोरेको भन्दै तीन दिनअघि प्रहरीले पक्राउ गरेका दाङ घोराहीका विवेक नेपाली स्वास्थ्य परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका बेला भागेका हुन्।
शौचालय जान्छु भनेका नेपाली भागेपछि खोजीकार्यका लागि ब्यापक प्रहरी परिचालन गरिएको थियो ।