ABC (क्राईमबिट)
मोरङ । विराटनगर महानगरपालिका-६ स्थित शनि मन्दिर नजिकबाट स्रोत नखुलेको २१ लाख ८७ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
कोशी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरीले उनलाई उक्त रकम तथा कुमारी बैंकको चेकबुक १ थान, एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा ८६ हजार ८ सय रूपैयाँ काटिएको चेक १ थान र ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रूपैयाँ जम्मा गरेको रसिद ४ थानसहित पक्राउ गरेको हो।