०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नेपाल प्रहरीको घुमुवा हुँ भन्दै नागरिकलाई दुख दिने नक्कली घुमुवा कारागार चलान

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको घुमुवा हुँ भन्दै सर्वसाधारणलाई खानतलासी गरी दु:ख दिएको आरोपमा पक्राउ परेका नक्कली प्रहरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।

सर्वसाधारणलाई आफू प्रहरीको घुमुवा भएको र सिभिल ड्रेसमा चेकजाँच गर्न आएको भन्दै खानतलासी गरिरहेका ललितपुरको गोदावरी–६ टिकाभैरव घर भइ हाल टोखा–११ भण्डारीटोल बस्दै आएका २२ वर्षीय विश्व मल्ल कात्तिक ११ गते पक्राउ परेका थिए।

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। साथै उनको साथबाट नेपाल प्रहरीको नक्कली परिचय पत्र थान १ (एक), उनले प्रयोग गर्दै आई रहेको बा.६७प ५७९९ नं. को स्कुटर थान १ र सो स्कुटरको डिकी भित्र धारिलो हतियार खुकुरी थान १ (एक) बरामद गरेको थियो।

लिखत सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्यादथप अनुमति लिई अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालतमा पेस गरिएको थियो। सोमबार अदालतको आदेश अनुसार उनलाई पुर्पक्षको लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!