०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बारा एसपी काफ्लेको सफलता रुपेश स्वर्णकारको हत्यामा संलग्न मध्ये ५ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक १५, २०८०

 

ABC (क्राईमबिट)
बारा । कलैया उपमहानगरपालिका वडा नम्बर ६ मदर्शा टोलस्थित बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रधानाध्यापक तथा सञ्चालक रुपेश स्वर्णकारको हत्या विवाहेत्तर प्रेमसम्बन्धका कारण भएको प्रहरीले पुष्टि गरेको छ ।

मदरर्शा टोलमै घर भएका ३६ वर्षिय रुपेश गत सोमबार दिउँसो मोटरसाइकलमा घर तर्फ जाँदै गरेका बेला दुई वटा मोटरसाइकलमा सवार भइ आएका चार जना बन्दुकधारीले चार राउन्ड गोली हानी रुपेशको हत्या गरेका थिए ।

रुपेशको हत्या घटना बारे जानकारी दिन बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेका प्रहरी उपरीक्षाक सुरेश काफलेले दुई छोराका बुबा समेत रहेका रुपेशको हत्या एक युवतीसंग विवाहेत्तर प्रेम सम्बन्धका कारण गरिएको पुष्टि भएको बताए ।

प्रहरी उपरीक्षक काफलेका अनुसार, रुपेशकै स्कुलमा पहिले लेखापाल पदमा कार्यरत पुर्वकर्मचारी कलैया ३ मदर्शा टोलकै २२ वर्षिया राधा गुप्ता र उनका प्रेमी भारत घर भएका मनोज गुप्ताले मिलेर गरेका हुन् ।

राधाकै योजनामा उनका प्रेमी मनोजले भारतबाट सूटरहरु बोलाएर सोमबार दिउँसो रुपेशको हत्या गराएको प्रहरी उपरीक्षक काफलले बताए । रुपेशलाई गोली हान्ने बेलामा भारतका चार जना सुटर र मनोज आफैंपनि प्रत्यक्ष संलग्न थिए ।

दुई वटा मोटरसाइकलमा सवार भइ आएका भारत बिहारको मोतिहारी जिल्ला दर्पा थाना १ सुकलहीयाका २५ वर्षिय सुजित कुमार सिंह, त्यही ठाँउका २४ वर्षिय चञ्चल पाण्डे , २२ वर्षिय मनिष सहनी र २० वर्षिय कामेश्वर सहनीले सोमबार दिउँसो कलैया ६ मदर्शा टोलस्थित सडकमा रुपेशलाई गोली हानेका थिए ।

रुपेशको हत्यामा संलग्न मुख्य योजनाकार राधासहित पाँच जनालाई पक्राउ गरि प्रहरीले बुधबार सार्वजनिक पनि गरेको छ । प्रहरीले सार्वजनिक गरेकाहरु कलैया ६ मदर्शा टोलकी २२ वर्षिया राधा गुप्ता , त्यहि टोलका ३४ वर्षिय जमील अख्तर , कलैया ९ रामपुरका २६ वर्षिय रियाज अन्सारी , भारत बिहारको घोडासहनको जगीराकोटीका २३ वर्षिय चन्दन कुमार र चन्दनकै छिमेकी गाँउका २३ वर्षिय अभिनव कुमार राजपुत रहेका छन् ।

तीमध्ये राधा हत्याको मुख्य योजनाकार हुन् भने जमील र रियाज सहयोगी तथा चन्दन र अभिनव सुटर ग्याङको सदस्य रहेको प्रहरी उपरीक्षक काफलेले बताए । घटनास्थलबाट गोलीको चार थान खोका बरामदपनि भएको पत्रकार सम्मेलनमा प्रहरी उपरक्षिक काफलेले जानकारी दिए ।

रुपेशलाई गोली हान्ने चारै जना भारतीय सुटर र राधाका प्रेमी मनोज भने अहिलेसम्म पक्राउ परेका छैनन् । उनिहरु फरार नै रहेकाले खोजी कार्य भइरहेको काफलेले बताए ।

पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक काफलेले बताए अनुसार, राधा भारतीय नागरिक मनोजसंग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी थिइन् ।२०७९ साल बैशाखदेखि राधा रुपेशको स्कुलमा लेखापाल पदमा काम गर्न थालेपछि उनी रुपेशसंगपनि नजिकिएकी थिइन्। यो कुरा थाहापाएपछि राधाका भारतीय प्रेमी मनोजले राधालाई स्कुल छाड्न दबाब दिनुका साथै स्कुलमै पटक पटक आएर राधासंग नजिक नहुन रुपेशलाईपनि धम्की दिदै आएका थिए । त्यहि विषयलाई लिएर रुपेश र मनोजबिच पटक पटक झगडा समेत भएको थियो ।

राधा र रुपेशबिच हिमचिम बढेको थाहापाएपछि यसअघि गत साउनमा पनि मनोजले रुपेशको हत्या गर्ने योजना बनाएका थिए । तर त्यसबेला रुपेशले भागेर ज्यान जोगाएका थिए ।त्यति गर्दासमेत राधासंग रुपेशको घनिष्टता कम नभएपछि मनोजले एक पटक स्कुलमै पुगेर राधालाई कुटपिटपनि गरेका थिए । त्यसपछि राधाले स्कुल छाडेकी थिइन् ।

स्कुल छाडेपछि पनि रुपेशले राधासंगको सम्बन्ध नतोडेपछि राधाकै योजनामा मनोजले भारतबाट सुटरहरु बोलाएर गत सोमबार रुपेशको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी उपरीक्षक काफलेले बताए ।रुपेशको हत्या घटना बारे प्रारम्भिक चरणको अनुसन्धानमात्रै सकिएको भन्दै काफलेले थप अनुसन्धानमा प्रहरी लागि नै रहेको बताए ।

हत्याको घटना भएपछि अनुसन्धानका क्रममा १० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएकोमा ती मध्ये पाँच जना मात्र हत्यामा संलग्न रहेको पुष्टि भएपछि पत्रकार सम्मेलनमा पाँच जनालाई मात्र सार्वजनिक गरिएको काफलेले बताए ।

सर्राफको हत्यामा संलग्नहरु लाई सुरुमा फोटो बाट मात्रै घटनाको बारेमा पत्रकारहरु लाई जानकारी गराउदा उपस्तिथि पत्रकारहरु भौतिक रुप मै सार्बजनिक गर्नु पर्ने माग राखे पछि पुनः सबै आरोपीहरु लाई पत्रकार सामु प्रहरी उपरीक्षक काफ्लेले उपस्तिथि गराएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!