०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला ७० हजार धरौटिमा रिहा

Logo
प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

 

ABC (क्राईमबिट)
दाङ । सवारी ज्यान मुद्धामा प्रहरी हिरासतमा रहेका नेकपा क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता धर्मेन्द्र बाँस्तोला धरौटि तिरेर रिहा भएका छन । दाङ जिल्ला अदालतले आज थुनछेक बहसमा बास्तोलालाई धरौटिमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख रामबहादुर केसिले जानकारी दिए । अदालतकि जिल्ला न्यायधिश ताराकुमारी शर्माको एकल इजलाशले बास्तोलालाई ७० हजार धरौटि खोली रिहा गर्न आदेश दिएको हो । एसपी केसिका अनुसार धरौटि टागेर बास्तोला आज नै छुटि सकेका छन ।
वास्तोलाले जिल्ला प्रशासन कार्यालय दाङमार्फत बुझाउने क्षतिपुर्ति वाफतको ५ लाख रुपैँया गाडिको बुलुबुक नबिकरण फेल भएका कारण समयमै नबुझाएकाले पनि बास्तोलाको हिरासत बसाई केही लम्बिएको थियो ।

गत कात्तिक २ गतेदेखि बाँस्तोला प्रहरी नियन्त्रणमा छन्। दसैं बिदाका कारण बाँस्तोला विरुद्धको मुद्धाको फाइल १३ दिनपछि प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
नेता बाँस्तोलाले चलाएको गाडीले रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिङ्गे नजिकै बाँस्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ का २९ वर्षीय बसन्तराम चौधरीको मृत्यु भएको थियो।

बाँस्तोला त्यसबेला सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ तर्फ जाँदै थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रौतहट । कटहरीया नगरपालिका–९ डुमरिया टोलमा एकल महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट तथा अमानवीय व्यवहार गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अन्दाजी ५५ वर्षीया ती महिलालाई केही व्यक्तिहरुले “मेरो आफन्तलाई बिरामी बनाएको” आरोप लगाउँदै गालीगलौज, लछारपछार तथा कुटपिट गरेका थिए। घटनाका क्रममा पीडित महिलालाई जबरजस्ती मलमुत्रसमेत खुवाइएको […]

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

error: Content is protected !!