ABC (क्राईमबिट)
काठमाडौं । सामाजिक सञ्जालहरूमा जथाभावी बोलेर विवादमा आइरहेका प्रसाईंलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको थियो । प्रहरीले पक्राउ गर्नुअघि उनी आज साइबर ब्यूरो आफैँ पुगेका हुन् । उनी ब्यूरोमा आएको ब्यूरोका प्रवक्ता एसपी पशुपतिकमार रायले जनाए । उनले कुन प्रकरणमा हो भन्ने विषयमा भने जानकारी दिन मानेनन् ।
प्रसाई राजावादी अभियन्ता बनेर हिँडिरहेका छन् भने राजनीतिक दलका नेता तथा व्यवसायिक घरनाविरुद्ध जथाभावी बोलिरहेका छन् ।
पछिल्लोपटक एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा २७ सय देखि ३ हजार करोड रुपैयाँ लगानी गरेको दाबी गरेका थिए । त्यसपछि उनलाई पक्राउ गर्नुपर्ने आवाजा एमालेबाट उठेको थियो । ओलीले प्रसाईंको भनाइको सार्वजनिक खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए ।