०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

भूकम्पबारे गलत सूचना र सन्देश प्रवाह नगर्न प्रेस काउन्सिलको सञ्चारमाध्यम हरुलाई आग्रह

Logo
प्रकाशित आइतबार, कार्तिक १९, २०८०

 

(ABC-Sanchar)

काठमाडौं । युट्युब लगायतका सामाजिक सञ्जाल र केही अनलाइन सञ्चार माध्यमबाट जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पका बीभत्स दृश्य तथा तस्बिरसहित तथ्यगत पुष्टिबेगर सन्देश प्रवाह भएको पाइएपछि काउन्सिलले सो आग्रह गरेको हो ।

काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा ‘को पहिला हुने’ होडबाजीमा आधिकारिक तथ्य पुष्टिबेगर मानवीय संवेदनामा खलल पुग्ने र विपत्ति वा शोकमा परेका व्यक्ति वा आफन्तजनमा थप पीडा पुग्नेगरी, मृतक तथा घाइतेको बीभत्स दृश्य र तस्बिर सम्प्रेषण नगर्न, नगराउन भनिएको छ ।

‘मृतक एवम् घाइतेको विवरण प्रस्तुत गर्दा संवेदनशील भई गोपनीयताको सम्मान गर्न आम सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, युट्युबलगायतका सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा प्रेस काउन्सिल नेपाल हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ । शुक्रबार राति ११ः४७ बजे जाजरकोट रामीडाँडा आसपास केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ म्यागनिच्युडको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति काउन्सिलले दुःख व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा […]

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ । घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु […]

दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग […]

error: Content is protected !!