०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

दोषीमाथि कारबाही माग गर्दै परिवारले मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझायो

Logo
Abc Sanchar प्रकाशित बिहिबार, कार्तिक २३, २०८०

 

(ABC-Sanchar)
काठमाडौँ । धनुषामा हत्या गरिएकी आरती साहका दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै उनका परिवारले मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।

दोषीमाथि कडा कारबाही माग गर्दै आज आयोगको कार्यालयमा पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । त्यस क्रममा आयोगका अध्यक्ष मगरले उक्त घटनाबारे अनुसन्धान भइरहेको भन्दै छिटो टुङ्गो लगाउने प्रयास भइरहेको बताएका थिए ।

 

उनले भने, ‘सबै कागजपत्र नआइकन हामीले बोल्नु हुँदैन, अदालतमा पनि मुद्दा परेको छ । अदालतमा भएको आवश्यक प्रतिलिपि मागेका छौ, त्यो सबै संकलन भएर नआउन्जेल अहिले हामीले केही भन्ने कुरा हुँदैन । अनुसन्धान भइरहेको छ, हामी लागि रहेका छौ ।’

पीडित परिवारले सरकारले न्याय नदिएको आरोप लगाउँदै आयोगमा रुँदै न्यायको माग गरे । पीडित परिवारले गत असार १ देखि हालसम्म आफ्ना मागहरू अघि सार्दै २४ घण्टे धर्नामा बस्दै आएका छन् । आरती साहको मृत्यु प्रकरणलाई न्यायिक छानबिन समिति गठन गरी विशेष अनुसन्धान गर्नुपर्ने, पीडित पक्षलाई कुटपिट गर्ने प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने, त्रुटिपूर्ण पोस्टमार्टमबारे विषेश जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

यसैगरी, जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र सहायक जिल्ला न्यायाधिवक्ता अजित कर्णको भूमिकाबारे छानबिन गर्न, गर्भवती उपचारसम्बन्धी त्रुटिपूर्ण पक्षबारे विशेष जाँच गरी वास्तविक प्रतिवेदन बनाउन, पीडित परिवार र आरतीका मामा सन्तोष साहको परिवारका सदस्यलाई विशेष सुरक्षाको प्रबन्ध गर्नुपर्ने लगायत आठ सूत्रीय माग ज्ञापन पत्रमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!