०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

महोत्तरी प्रहरीले सम्पर्क विहीन भएका ५ जना किशोरीहरु अभिभावकको जिम्मा

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

 

ABC (क्राईमबिट)
महोत्तरी । धनुषाको ढल्केवरस्थित चोकमा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

औरही नगरपालिका वडा नम्बर २ स्थित फूलवरिया गाउँका पाँचै जना किशोरी मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । फेला परेका पाँचै जना किशोरीलाई अभिभावकको जिम्मा लगाइ घर पठाइएको छ ।

महोत्तरीको औरही नगरपालिका २ का १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया सङ्गीता सदा, १५ वर्षीया राजन सदा, २० वर्षीया रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएका थिए । जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरीका अनुसार ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि परिवारजनले जानकारी गराएका थिए ।

सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलासको क्रममा ढल्केवरमा फेला परेको पछि उनीहरुलाई इलाका प्रहरी कार्यालय गौशला महोत्तरीलाई जिम्मा लगाइएको थियो । किशोरीहरु घर बाट अर्केस्ट्रामा काम गर्ने भनी घरमा कसैलाई जानकारी नदिइ सिरहाको मिर्चैया पुगेका थिए ।

उनीहरुले मोबाइलमा टिकटकबाट अर्केस्ट्राको पोस्टर हेरेर त्यहाँबाट नम्बर लिइ फोन गरेर ढल्केबर पुगेका थिए । उनीहरुलाई अर्केस्ट्राका व्यक्तीले ढल्केवरबाट सिरहाको मिर्चैया लगेका थिए ।

त्यहाँ पुगे पछि किशोरीहरुलाई बुबा आमाको माया र याद आए पछि काम नगर्ने भन्न थालेपछि अर्केस्ट्राको व्यक्तिले पुनः उनीहरुलाई मिर्चैयाबाट घर फिर्ता पठाई दिएका थिए । सोही क्रममा उनीहरु ढल्केवर पुग्दा प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गौशालालाई जिम्मा लगाएको थियो ।

गौशलाका प्रहरी निरीक्षक मनोज यादवलगायत अधिकारकर्मी तथा संचारकर्मीहरुले किशोरीहरुलाई काउन्सिलिङ गरी अभिभावकको जिम्मा लगाएका थिए । महोत्तरीमा यसअघि दुई पटक किशोरीहरू समूह बनाएर घरबाट हिँडेपछि प्रहरीले उद्धार गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!