०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

चाँदीको गहना सहित एकजना पक्राउ

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

 

ABC (क्राईमबिट)
सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको अधारमा सर्लाही मलंगवा नगर पालिका वडा नम्बर ८ लच्का स्थित बाटोबाट चाँदीको गहना सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

भारत जिल्ला सितामढी बसतपुर ग्राम पंचायत वार्ड नम्बर ७ बस्ने राजेन दासको छोरा बर्ष १९ को लभ दासलाई प्रहरीले चाँदीको गहना सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट साईकलमा नेपाल तर्फ आउने क्रममा खानतलासी गर्दा निजले कम्मरमा बाँधी ल्याएको चाँदीको ठुलो सिक्का १५ पिस, सानो सिक्का ५ पिस, हनुमानी १ पिस, औँठी ८ पिस, पायल ४ जोर बालाको ब्रासलेट १ जोर ठुलो प्लेट थान १ सानो प्लेट थान १ गणेश र लक्षमी मुर्ती थान ११ सानो ठुलो गरी सिक्री ३७ पिस गहना सहित प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!