०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

नेपाल प्रहरी प्रधान कार्यालयले गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक दिने

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, कार्तिक २४, २०८०

 

ABC (क्राईमबिट)
काठमाडौं । अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ । नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् ।

बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ । ‘गर्भवती अवस्थामा महिला प्रहरीलाई अहिलेकै पोसाक लगाएर काम गर्न गाह्रो हुने भएकाले सहज हुने पोसाक दिन लागेका हौँ,’ प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले भने, ‘कतिपटक दिनेलगायतका विषयमा भने अझै छलफल हुँदै छ ।’

प्रहरीका अन्य पोसाक वितरणलाई थप व्यवस्थित गर्न पनि प्रहरी प्रधान कार्यालयले छलफल थालेको छ । सिभिलमा काम गर्ने प्रहरीलाई अन्य कपडा खरिदका लागि नगद नै दिने तयारी छ । साथै, कतिपय चुस्त र कार्यालयको काममा लगाउने कपडा पनि आवश्यकताअनुसार वैज्ञानिक ढंगले वितरण गर्ने प्रहरी तयारी छ ।

प्रहरीले आफैँ पोसाक खरिद गरी कर्मचारीलाई दिँदै आएको छ । खरिदमा हुने चलखेलले कपडाको गुणस्तर भने कमजोर हुने गरेको प्रहरी कर्मचारीको गुनासो छ । साथै, पोसाकलगायत स्केलका सामान समयमा र पर्याप्तसमेत प्रहरीले पाउने गरेका छैनन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा गाउँपालिकास्थित *मीन पार्क*बाट सार्वजनिक स्थानमा जुवा तास खेल्दै गरेका *१३ जनालाई* प्रहरीले पक्राउ गरेको छ। *घटना विवरण:* जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय खजुराको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा छापा मारेको थियो। पार्कको खुला क्षेत्रमा समूह बनाएर तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। *बरामद:* पक्राउ परेकाहरूसँगबाट तास र नगद […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

error: Content is protected !!