( एबिसि संचार ) भक्तपुरको कौशलटारमा निस्किएको चितुवालाई नियन्त्रणमा लिइएको छ । कौशलटारस्थित एउटा घरको पर्खालको कुनामा लुकेर बसेको अवस्थामा काठमाडौ वन डिभिजन कार्यालयले उक्त चितुवालाई नियन्त्रणमा लिएको हो ।
चितुवा देखिने बित्तिकै डिभिजन वन कार्यालय भक्तपुरले काठमाडौलाई खबर गरेको थियो । वन अधिकृत पराजुली नेतृत्वको टोली चितुवा नियन्त्रण लिन खटाइएको थियो । चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका थिए ।