०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

बाँके कारागारमा कैदीबन्दीहरुले पाउने रकम वितरण गर्‍यो

Logo
Abc Sanchar प्रकाशित शनिबार, कार्तिक २५, २०८०

 

ABC (क्राईमबिट)
बाँके । राज्यबाट प्राप्त हुने सुविधामा कैदीबन्दी प्रत्यक्ष पहुँच पु¥याउन कारागारका कैदीबन्दीलाई सिदाबापत पाउने रकम वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा ९ सय २० जना कैदीबन्दीलाई कात्तिक १ देखि १५ गतेसम्मको १२ सय रुपैयाँ दिइएको हो । कैदीबन्दीले कारागारमा सिदाबापत दैनिक ८० रुपैयाँ नगद र ७ सय ग्राम चामल पाउँछन् । प्रजिअ पोखरेलका अनुसार कैदीबन्दीहरुले आगामी दिनमा सेवासुविधा प्रत्यक्ष रुपमा प्राप्त गर्नेछन् ।

कारागार व्यवस्थापन विभागअन्तर्गत बाँके कारागारमा पहिलो पटक कैदीबन्दीलाई प्रत्यक्ष रुपमा सेवा सुविधा उपलब्ध गराइएको प्रजिअ पोखरेलले बताउनुभयो। ‘राज्यबाट प्रदान गरिएको सेवा सुविधा विचौलियाले दुरुपयोग गर्न नपाउन् भन्ने उद्देश्यले हामीले प्रत्यक्षरुपमा कैदीबन्दीकै हातमा सुविधा पुगोस् भनेर यो व्यवस्था लागू गरेका हौं,’ उहाँले भन्नुभयो ‘कारागार प्रशासन र कैदीबन्दी बीचको सोझो सेवा प्रवाह र चौकीदार, नाईके र सहायक नाईकेबाट प्रायः हुने गरेको रकम चुहावट रोक्नका लागि यो व्यवस्था लागू गरेका हौं ।’ यसअघि चौकीदार, नाईके र सहायक नाईकेमार्फत रकम वितरण हुने गरेको थियो ।

बाँके कारागारका निमित्त नायव सुब्बा नयनबहादुर कार्कीका अनुसार कैदीबन्दीलाई जाडो र गर्मी मौसममा प्रयोग हुने लुगाबापत नगद दिने व्यवस्था गरिएको छ । कैदीबन्दीले खाना र लत्ताकपडा सुविधा भए पनि बस्ने ठाउँ साघुरो भएको भन्दै उपयुक्त बासको व्यवस्था गर्न प्रजिअसमक्ष माग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

error: Content is protected !!