०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

२ सय ९० किलो गाँजासहित दुई जना पक्राउ

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक २६, २०८०

( एबिसि संचार )                                                        महोत्तरी प्रहरीले ठुलो परिमाणमा गाँजा बरामद गरेको छ । महोत्तरीको सम्सी गाउँपालिका–५, देवीस्थानमा सम्सीबाट जलेश्वरतर्फ गइरहेको एक ट्रकबाट गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।प्रहरीले ना०५ख ९७११ नम्बरको ट्रकबाट २ सय ९० किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार गाँजासहित ट्रक चालक मकवानपुर, बकैया गाउँपालिका–७ का २५ वर्षीय लिलाबहादुर थिङ्ग र सहचालक मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१३ बस्ने राजेश घलानलाई नियन्त्रणमा लिइएको हो ।जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उक्त ट्रकलाई चेकजाँच गर्दा ट्रकको चालक बस्ने सिटको पछाडि रहेको फल्स बटनमा लुकाएर राखेको १९ वटा पोकामा २ सय ९० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।महोत्तरीमा लगातार गाँजा बरामद भइरहेको छ । बढी मात्रामा गाँजाको खेती हुने मकवानपुर जिल्लाबाटै आयात भइ भारततर्फ लैजाने क्रममा धनुषा तथा महोत्तरीको विभिन्न भागबाट पटकपटक गाँजा बरामद भइरहेको छ ।केही दिनअघि मात्रै महोत्तरीबाटै ४ सय ५ किलो गाँजा प्रहरीले बरामद गरेको थियो । २७ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा प्रहरीले महोत्तरीको जलेश्वर नगरपालिका–१, क्याम्पस रोडबाट बरामद गरेको थियो । गाँजासहित मकवानपुर जिल्लाकै थाहा नगरपालिका वडा नम्बर २ का २२ वर्षीय विशाल थिङ पक्राउ परेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

error: Content is protected !!