०२ जेठ २०८३, शनिबार
16-05-2026 , Sat
×

तिहार लागेसँगै बजारमा चहलपहल धेरै

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक २६, २०८०

 

(ABC-Sanchar)
बाँके । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरूको भीड देख्न सकिन्छ ।

यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ । गत वर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाँ पर्ने बदाम १२ सयमा बिक्री भइरहेको छ । किसमिस, ल्वाङ, मखन लगायतको मूल्य भने स्थिर रहेको छ ।

चालु आर्थिक वर्षको असोजसम्म १ अर्ब १४ करोडको सामग्री आयात भएको छ । यो वर्ष तिहारमा प्रयोग हुने भाइ मसलाको आयात पनि घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ ।

गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो । मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन् । यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छन् ।

भाईमसला तिहारमा बढी खपत हुने गर्छ । तिहारमा दिदीबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको स्थलगत अनुगमन गरी कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, प्रयोजन विपरीत सञ्चालन हुने सवारी साधन नियन्त्रण, ट्राफिक सचेतना कार्यक्रम, समग्र […]

दाङ । सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै मौसम पूर्वानुमानका लागि काम गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी गराएका छन् । लुम्बिनी प्रदेश सरकारले संघीय सरकारसँग आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने पनि घोषणा गरेका छन् । मौसम मन्थन सम्बन्धी आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा देउखुरीको भालुवाङमा मुख्यमन्त्री आचार्यले सो कुरा जानकारी गराएका छन् ।मौसम […]

उत्तर प्रदेशका मुख्यमन्त्री *योगी आदित्यनाथ*ले भारत र नेपालबीचको सम्बन्धलाई *साझा सांस्कृतिक र ऐतिहासिक विरासत*को रूपमा व्याख्या गरेका छन्। उनले दुवै देशका नागरिक, विशेष गरी नेपाली नागरिकको आवतजावतमा समस्या नहोस् भनेर सीमामा पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्। *उनको भनाइको मुख्य बुँदा:* 1. *साझा विरासत*: भारत र नेपालको सम्बन्ध धर्म, संस्कृति, रोटी-बेटीको नाताले जोडिएको छ। यो […]

error: Content is protected !!