०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

जापानलाई ४५ रनले पराजित गर्दै नेपाल तेस्रो

Logo
Abc Sanchar प्रकाशित आइतबार, मंसिर ०३, २०८०

(एबिसि संचार )                                                       हङकङमा जारी चार देश सम्मिलित महिला अन्तर्राष्ट्रिय टी-२० क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ ।

तेस्रो स्थानको खेलका लागि नेपाल र जापानबीच आज भएको खेलमा नेपालले जापानलाई ४५ रनको पराजित गर्दै तेस्रो बन्न सफल भएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन जोड्दै जापानलाई ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ११६ रनको लक्ष्य पछ्याउने क्रममा जापा २० ओभरमा ६ विकेटको क्षतिमा ७० रन बनाएपछि नेपाल ४५ रनले विजयी भएको हो ।

सिरिजको उपाधिका लागि आजै हङकङ र तान्जानिया भिड्ने भएका छन् । प्रारम्भिक चरणमा नेपाल हङकङ र तान्जानियासँग पराजित भएको थियो भने जापानले तीनवटै खेल गुमाएको थियो ।

हङकङले तिनै खेलमा जित हात पार्दै फाइनल प्रवेश गरेको हो भने तान्जानिया भने नेपाल र जापानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!