तेह्रथुम । जिल्ला प्रहरी कार्यालय,तेह्रथुमका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मण ओली मातहतको चौकी निरिक्षण तथा अनुगमनका लागि म्याङलुङ पुगेका छन् ।
डिएसपी ओलीले म्याङ्लुङ प्रहरी चौकीको निरीक्षण तथा अनुगमन गर्दै त्यहाँ कार्यरत प्रहरीहरुलाई शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिएका थिए ।
उक्त अवसरमा डिएसपी ओलीले जनताको सुरक्षाका लागि हरदम उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।