२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

चलखेल विरुद्ध अनेरास्ववियुद्वारा एनसेलको कार्यालय घेराउ

Logo
Abc Sanchar प्रकाशित मंगलबार, मंसिर १९, २०८०

 

(ABC-Sanchar)
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले लैनचौरस्थित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ।

एनसेलको शेयर खरिदबिक्रीमा भएको चलखेलविरुद्ध अनेरास्ववियुले प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले ‘बाइकट एनसेल, एनसेलको आयव्यय सार्वजनिक गर, नो ट्याक्स नो सिम, रिजेक्ट एनसेल’लेखिएका प्लेकार्ड बोकेका छन्।

एनसेलको ८० प्रतिशत शेयर सस्तो मुल्यमा बिक्री भएको थियो। झन्डै २ खर्वको एनसेल सात अरबमा बेचिएको थियो।

आज एनसेलको सर्वोच्च अदालतमा पुँजीगत लाभकरसम्बन्धी मुद्दाको सुनुवाइ समेत हुँदैछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]