२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

होस्टेलमा खाना पकाउन गएकी किशोरी बलात्कृत,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, मंसिर २९, २०८०

(एबिसि संचार )

सिरहा । सिरहाको एक निजी विद्यालयको होस्टेलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका बलात्कृत भएकी छन् । विष्णुपुर गाउँपालिका–१ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउन गएकी १४ वर्षीय किशोरी बिहीबार मध्यराति २५ वर्षीय शिक्षक रञ्जित यादवबाट बलात्कृत भएकी हुन् ।

घटनापछि शिक्षक यादव फरार भएका छन् । घटना लगत्तै किशोरीले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन् । उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राति १२ बजे फोन गरेर घटनाबारे जानकारी दिएकी थिइन् ।

विद्यालय संचालक यादवका अनुसार आरोपित शिक्षक राति नै फरार भएका हुन् । उनले भने, ‘बालिका राति नै घर जान चाहेकी थिइन्, मैले राति नजाउ भनेर राखेँ । बिहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो ।’

स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तको भनाइ छ ।

बलात्कार आरोपित शिक्षक यादव सिरहा नगरपालिका–१७ पटेर्वाका हुन् । उनले विज्ञान विषय पढाउँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा थप बुझ्ने काम भइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकाले घटनाबारे सोधपुछ गर्ने कार्य भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]