०१ जेठ २०८३, शुक्रबार
15-05-2026 , Fri
×

गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गरे

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०७, २०८०

(एबिसि संचार )

गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । संन्यासको घोषणा गर्दै उनले यस यात्राको उत्कृष्ट भाग भएकोमा धन्यवाद व्यक्त गर्दै आफूले यस सम्झनाहरूलाई बोकेर जाने बताएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै बेला नेपालको खेलाडी बन्ने सपना देख्थेँ तर अहिले…समय कति चाँडो बित्ने रहेछ । म मेरो अन्तर्राष्ट्रिय फुटबल करियरमा अतुलनीय सहयोगको लागि मेरो परिवार, साथीहरू, टोलीका साथीहरू, फिजियो, समर्थकहरू र सबैप्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्न चाहन्छु। तपाईंको अटल प्रोत्साहन हरेक विजय र  मैदानको हरेक पल पछाडिको प्रेरक शक्ति थियो । मेरो देशको प्रतिनिधित्वबाट सन्यास लिँदा मैले सँगै बनाएका सम्झनाहरू बोकेर जाँदैछु। यस यात्राको उत्कृष्ट हिस्सा भएकोमा धन्यवाद।’

लामो समयदेखि नेपालको राष्ट्रिय फुटबल टोलीको सदस्य रहँदा आएका उनले सन् २०२१ मा मात्र भारतविरुद्ध डेब्यू गर्ने अवसर भएका थिए । श्रेष्ठ हाल नेपाल सुपर लिगमा चितवन एफसीका कप्तान रहेका छन् । उनले यसअघि व्यावसायिक करियरमा मनाङ मर्स्याङ्दी क्लब, मच्छिन्द्र एफसी र बुटवल लुम्बिनी एफसीबाट फुटबल खेलिसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्की ले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभएको छ। दाङको राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्च को कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्‍याउने, राज्यका गतिविधिमाथि खबरदारी […]

काठमाडौं । गृह सचिव *राजकुमार श्रेष्ठ*ले मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४, हुम्डेमा रहेको *३४२० मिटर उचाइमा अवस्थित पर्वतीय उद्धार तालिम शिक्षालय*को समुद्घाटन गरेका छन्। *के भयो:* 1. *उद्घाटन*: वैशाख ३१ गते गृह सचिव श्रेष्ठले शिक्षालयको औपचारिक उद्घाटन गरे। यो नेपालकै उच्च स्थानमा रहेको सरकारी पर्वतीय उद्धार तालिम केन्द्र हो। 2. *तालिम समापन*: सोही दिन शिक्षालयमा सञ्चालन […]

काठमाडौं । *घटना कसरी भयो:* स्थानीय तहले गर्दै आएको अतिक्रमण हटाउने/व्यवस्थापनको क्रममा अधिकार क्षेत्र र कार्यशैलीलाई लिएर विवाद सुरु भएको बुझिएको छ। फुटपाथ, पार्किङ, वा सार्वजनिक जग्गा खाली गराउने क्रममा दुवै पक्षका कर्मचारीबीच भनाभन बढेर धकेलाधकेल र हातपातसम्म पुगेको प्रत्यक्षदर्शीहरू बताउँछन्। *किन हुन्छ यस्तो:* 1. *अधिकारको दोहोरोपना*: नगर प्रहरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत […]

error: Content is protected !!