२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

हतकडी फुस्काएर फरार रहेका एक जना थुनुवालाई प्रहरीले २४ घण्टा नपुग्दै पुनः पक्राउ गर्न सफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, पुष ०७, २०८०

(एबिसि संचार )

सिरहा । अदालतमा कानुनी प्रक्रियाका लागि लैजाँदै गर्दा हतकडी फुस्काएर फरार रहेका एक जना थुनुवालाई प्रहरीले २४ घण्टा नपुग्दै पुनः पक्राउ गर्न सफल भएको छ । बाल यौनदुर्व्यहारको आरोपमा अनुसन्धानका लागि पक्राउ परेका लहान  नगरपालिका–२१ बस्ने  ३० वर्षीय छोटु सदाय शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय सिरहामा मिसिल देखाउने क्रममा गेटबाट फरार भएका थिए ।इलाका प्रहरी कार्यालय लहान सिरहामा कार्यरत प्रहरी सहायक निरीक्षक विनेश यादवको कमाण्डमा ६ जना प्रहरी कर्मचारीहरूले ३ जना थुनुवा लिई जिल्ला अदालत सिरहा कानुनी प्रक्रियाको लागि पठाएकोमा सदाय भने भाग्न सफल भएका थिए ।  उनी फरार भएलगत्तै जिल्ला प्रहरी कार्यालय सिरहाले व्यापकरुपमा प्रहरी परिचालन गरी खोजतलास गरेको थियो ।इलाका प्रहरी कार्यलय लहान सिरहाबाट प्रहरी सहायक हवल्दार देव कुमार यादवको कमाण्डमा सादा पोसाकमा खटिएको टोलीले सदायलाई कल्याणपुर नगरपालिका वडा नं. १२ थलहामा लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो  । उनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।सदायमाथि पुस ५ गते जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं.०३ स्थित दिनाजपुर सरन्सिया भित्री सडक खण्डमा पैदल आउँदै गरेकी नाबालिकालाई बाल यौन दुर्व्यवहार गरेको आरोप छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]